सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

Thankot Times

थानकोट ।

पूर्वी पहाड तथा तराईका विभिन्न  जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेको छ ।

कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७२ हजार ४३२ क्युसेक प्रतिसेकेन्ड रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

कोसी नदीमा पानीको बहाव बढेसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै ब्यारेजका ५२ वटा मूल र दुई वटा नहरको गरी ५६ वटा ढोकामध्ये २० वटा ढोका खुला गरिएको उनले जानकारी दिए ।

 पानीको बहाव बढ्दो क्रममा रहेकाले खतराको संकेतस्वरुप कोसी ब्यारेजमा रातो बत्ती बालिएको छ ।

खतराको संकेतस्वरुप रातो झण्डा  फहराइएको कोसी ब्यारेजको कन्ट्रोल रुमले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *