थानकोट रुटमा गुड्ने यात्रुबसमा सादा पोसाकका प्रहरी परिचालन हुने, यस्तो छ कारण

Thankot Times

थानकोट ।

काठमाडौँ उपत्यकामा पाकेटरमार पक्राउ गर्न सादा पोसाकका प्रहरी परिचालन गरिएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरमा पाकेटमार नियन्त्रणमा लिने अभियान सुरु गरेको हो।

बसमा चढ्ने यात्रुहरूलाई टार्गेट गरेर पाकेटमारी हुने गरेको सूचनाको आधारमा ‘स्विप अभियान’ सुरु गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए।

भक्तपुर, थानकोट, कीर्तिपुर, हरिसिद्धी र चक्रपथ रुटमा चल्ने सवारीमा सादा पोसाकका प्रहरी परिचालन सुरु गरिएको छ। स्विप अभियान १० दिनसम्म सञ्चालन गरिने एसएसपी खड्काले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *