जिल्ला प्रहरी परिसर काठमाडौँंको प्रवक्तामा एसपी दानबहादुर थापा

Thankot Times

थानकोट ।

जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ता तथा अपरेसन कमाण्डरको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले सम्हालेका छन्।

यसअघि उक्त जिम्मेवारीमा रहेका एसपी पवनकुमार भट्टराई पर्सा जिल्ला प्रहरी कार्यालयको प्रमुखमा सरुवा भएपछि थापालाई काठमाडौँ प्रहरीको नयाँ जिम्मेवारी दिइएको हो।

एसपी थापा यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अन्तर्गत आर्थिक अपराध अनुसन्धान महाशाखामा कार्यरत थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ