राहदानी विभागमा धुइरो भएपछि शनिबार र आइतबार पनि कार्यालय खुल्ने
थानकोट ।
त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा राहदानी बनाउने सेवाग्राहीहरूको भीड लागेको छ ।
ईपीएसअन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिनेहरूको संख्या बढेसँगै सेवाग्राहीको चाप बढेको विभागले जनाएको छ ।केही दिनदेखि राहदानी लिनका लागि लामवद्ध हुनेहरूको संख्या बढेको छ ।
सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै विभागले आउँदो सोमवारसम्म राहदानी आवेदन फाराम खुला राख्ने निर्णय गरेको छ । यस प्रक्रियालाई सहज बनाउन विभागले सार्वजनिक बिदाका दिनहरू शनिवार र आइतबार समेत कार्यालय खुला राखी सेवा प्रवाह गर्ने जानकारी दिएको छ ।
घर–घरमा राहदानी पुर्याउने नारासहित अघि बढेको सरकारले राहदानी विभागमा पुगेकाहरुलाई समयमै राहदानी दिन नसकेको भन्दै सरकारको आलोचना भैरहेको छ ।











