विश्वको १२औँ अग्लो हिमालमा हिमपहिरो, निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन

Thankot Times

थानकोट ।

पाकिस्तानको काराकोरम पर्वतशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा हिमपहिरो जाँदा नेपालीमूलका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन भएको छ ।

पाकिस्तानी पर्वतारोहण अधिकारीहरूका अनुसार बिहीबार दिउँसो हिमपहिरो गएको हो ।

त्यसयता टोलीसँग कुनै सम्पर्क हुन सकेको छैन् ।

टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र पाँच नेपालीसहित विभिन्न देशका आरोही रहेका छन् ।

मौसम अनुकूल भए हेलिकोप्टरमार्फत खोज तथा उद्धार अभियान सञ्चालन गरिने तयारी भइरहेको बीबीसीले जनाएको छ ।

पाकिस्तानको अल्पाइन क्लबले सरकारी निकायसँग समन्वय गर्दै तत्काल खोज तथा उद्धार अभियान अघि बढाइएको र उपलब्ध सबै स्रोत परिचालन गरिएको जनाएको छ ।

निर्मल पुर्जा सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल करिब ६ महिनामै आरोहण गरेर विश्व कीर्तिमान बनाएका पर्वतारोही हुन् ।

ब्रड पिक विश्वको १२औँ अग्लो तथा कठिन हिमालमध्ये एक मानिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ