लघुवित्त पीडितसँगको वार्ता टुंगिएन, भोलि फेरि बस्ने

Thankot Times

थानकोट ।

अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्त पीडितबीच बिहीबार भएको वार्ता निष्कर्षविहीन भएको छ ।

वार्ता नटुंगिए पनि सकारात्मक र समाधान उन्मुख भएको मन्त्रालयले बताएको छ ।

भोलि पुनः बस्ने गरी वार्ता स्थगित भएको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्तपीडितसँग वार्ता गर्न समिति गठन गरेका थिए ।

मन्त्रिस्तरीय निर्णयपछि अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ