प्रधानमन्त्री शाहद्वारा दिवङ्गत आरोहीहरूप्रति श्रद्धाञ्जली व्यक्त
थानकोट ।
पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरोमा परेर ज्यान गुमाएका नेपालका ६ सहित १० जना आरोहीहरूप्रति प्रधानमन्त्री बालेन्द्र शाहले श्रद्धाञ्जली दिएका छन् ।
सामाजिक सञ्जालमा शनिबार अपरान्ह एक पोष्ट साझा गर्दै प्रधानमन्त्री शाहले मृतक आरोहीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।










