नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
थानकोट ।
नेपाली स्थानीय बजारमा आज आइतबार सुन चाँदीको मूल्य बढेको छ ।
सुन प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेर आज प्रतितोला ३ लाख पाँच हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रवार भने सुन ३ लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला चार हजार ७१० रुपैयाँ कायम भएको छ ।
शुक्रबार एक तोला चाँदी चार हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।











