कीर्तिपुरबाट पक्राउ परे वीरेन्द्र

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिकामा डेरा गरी बस्ने कञ्चनपुरका २३ वर्षीय बिरेन्द्र टमटा पक्रउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उनलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम ८ सय ३० मिलिग्राम सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *