भोटेकोशीमा अचानक बाढी, रसुवा र नुवाकोटका तटीय बस्तीमा व्यापक क्षति
थानकोट ।
भोटेकोशी नदीमा आएको बाढीले रसुवामा ठूलो भौतिक क्षति पुर्याएको छ ।
बुधबार बिहान आएको बाढीले स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा ठूलो क्षति गरेपछि उद्धार तथा राहतका लागि नेपाली सेनाका दुईवटा हेलिकाेप्टर प्रभावित क्षेत्रतर्फ उडेका छन् ।
बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि हेलिकाेप्टर परिचालन गरिएको हो । प्रभावित क्षेत्रमा थप क्षति तथा अवस्थाबारे विवरण संकलन भइरहेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले सरकारी तथा निजी हेलिकाेप्टरलाई स्ट्यान्डबाइ अवस्थामा राख्न निर्देशन दिएका छन् । आवश्यकताअनुसार थप हेलिकाेप्टर परिचालन गरी उद्धार तथा राहतका कामलाई तीव्रता दिने तयारी गरिएको छ ।











