अमेरिकाको ‘ट्राभल एड्भाइजरी’: रसुवागढी-टिमुरे क्षेत्रको यात्रा नगर्नू

Thankot Times

थानकोट ।

अमेरिकाले गएको बुधवार आएको रसुवाको बाढीपछि नेपाल भ्रमण गर्ने आफ्ना नागरिकका लागि ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ ।

नेपालमा रहेको अमेरिकी दूतावासले विशेषगरी रसुवाको बाढी प्रभावित क्षेत्रमा यात्रा नगर्न भनेको छ । दूतावासले रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्र र नेपाल–चीन सीमा नाकामा ‘लेभल ४’ को चेतावनी दिँदै त्यहाँ नजान भनेको हो ।

बाढीपछि रसुवा क्षेत्रको यातायात र सञ्चार अवरुद्ध भएको, उद्धार कार्य चलिरहेको र थप बाढी–पहिरोको जोखिम रहेको दूतावासको सूचनामा उल्लेख छ ।

नेपालको स्वास्थ्य सेवाको सीमितताका बारेमा पनि दूतावासको ‘ट्राभल एड्भाइजरी’ मा उल्लेख छ । गम्भीर बिरामी भएमा नेपालबाहिर लगेर उपचार गर्नुपर्ने हुन सक्ने भन्दै चिकित्सकीय उद्धारसमेत समेट्ने गरी स्वास्थ्य बीमा गर्न दूतावासको आग्रह छ ।

यस्तै दूतावासले गएको वर्षको नवयुवा आन्दोलनपछि शुरू भएको देशव्यापी प्रदर्शन रोकिएर सुरक्षा अवस्था स्थिर देखिए पनि कुनै पनि बेला आकस्मिक प्रदर्शन हुन सक्ने भन्दै सचेत गराएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *