एमालेले बाढी पीडितका लागि १ कराेड २० लाख दिने
थानकोट ।
नेकपा (एमाले) ले रसुवा बाढीका पीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा १ करोड २० लाख रुपैयाँ जम्मा गर्ने भएकाे छ ।
ललितपुरको च्यासलमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले याे सहयाेगकाे घाेषणा गर्नुभएकाे हाे ।
त्यस अवसरमा एमालेको बागमती प्रदेश कमिटी र राजधानी विशेष प्रदेश कमिटीका तर्फबाट १०-१० लाख गरी २० लाख रुपैयाँको चेक अध्यक्ष ओलीलाई हस्तान्तरण गरिएको थियो ।
सहयोग ग्रहण गर्दै ओलीले पार्टीले केन्द्रीय तहबाटै विपद् व्यवस्थापनका लागि कोष परिचालन गर्ने र त्यसमा कम्तीमा १ करोड २० लाख रुपैयाँ सङ्कलन गरिने बताउनुभयो ।











