ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

Thankot Times

थानकोट ।

ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयर धनीहरूका लागि लाभांश घोषणा गरेको छ।

बैंकको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

घोषित लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयर धनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ