रसुवा बाढी प्रभावित क्षेत्रमा काठमाडाैं क्षेत्र नं. १० का २७ जना सम्पर्कविहीन- सांसद प्रदिप विष्ट
थानकोट ।
रसुवा बाढी घटनामा काठमाडाैं क्षेत्र नं. १० का २७ जना सम्पर्कविहीन भएको भन्दै सांसद् प्रदिप विष्टले उनीहरूको खोजीमा समन्वय भइरहेको बताएका छन् ।
शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै सांसद् विष्टले भनेका छन् – भदाै १० गतेको घटनामा भोटेकोशी नदी बाढी प्रभावित क्षेत्रमा विभिन्न क्रममा पुगेका यस क्षेत्रका २७ जना सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको छ । सम्बन्धित स्थानीय तहबाट प्राप्त सूचनाका आधारमा विवरणमा संलग्न भएकाहरूको खोजी तथा उद्धार कार्यमा आवश्यक पहल तथा समन्वय भइरहेको जानकारी गराइन्छ ।
सांसद् विष्टका अनुसार भोटेकोशी बाढी प्रभावित क्षेत्रमा कीर्तिपुर नगर क्षेत्रका ५ जना, दक्षिणकाली नगर क्षेत्रका १५ जना र चन्द्रागिरि नगर क्षेत्रका ७ जना सम्पर्कविहीन भएका छन् ।












