नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
थानकोट ।
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बैठक बोलाएको छ ।
बैठक बिहीबार दिउँसो २ बजे बस्ने केन्द्रीय कार्यालयका सचिव दिनेश थापामगरले जानकारी दिए ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको कार्यतालिका ल्याउने तयारी गरेका बेला समितिले बैठक बोलाएको हो ।
चुनदेवीस्थित सम्पर्क कार्यालयमा बुधबारदेखि सुरु भएको देउवा समूहको बैठकमा १५ औं महाधिवेशन आगामी मंसिर २१ देखि २३ सम्म गर्ने प्रस्ताव पेस भएको छ ।
बैठकमा पेस भएको प्रस्तावमा असोज १५ मा वडा अधिवेशन, असोज २० मा पालिका अधिवेशन आयोजना गरिने उल्लेख छ ।










