भोटेकोसी बाढी: ११औँ दिनमा जीवितै उद्धार गरिएकी श्रेष्ठलाई उपचारको लागि काठमाडौं ल्याइयो

Thankot Times

थानकोट ।

नुवाकोटको बेत्रावतीमा भोटेकोसी–त्रिशूली बाढी आएको ११औँ दिनमा जीवितै उद्धार गरिएकी चण्डिका श्रेष्ठलाई उपचारका लागि काठमाडौंको छाउनीस्थित नेपाली सेनाको अस्पताल लगिएको छ ।

बेत्रावती बजारको एक घरबाट सशस्त्र प्रहरीले श्रेष्ठलाई जीवितै उद्धार गरेको थियो ।

उद्धारपछि उनलाई नेपाली सेनाको अस्पतालमा थप उपचारका लागि लगिएको हो ।

उद्धार गरिएकी श्रेष्ठ सामान्य बोलचाल गर्न सक्ने रहेको स्थानीय मिलन श्रेष्ठले जानकारी दिए । ‘मलाई दुख्यो भन्नुभएको छ थप दोहोरो कुराकानी भएको छैन । नेपाली सेनाले उपचारको लागि छाउनी अस्पताल लगेको छ,’ श्रेष्ठले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ