रसुवा बाढीबारे अध्ययन गर्न संसदीय समिति गठन, गणेश पराजुलीले नेतृत्व गर्ने

Thankot Times

थानकोट ।

रसुवा बाढीबाट उत्पन्न विपत्‌ तथा जलवायु परिवर्तनका विषयमा अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन गरिएको छ ।

सोमबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपनेता गणेश पराजुलीको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिमा रास्वपाका आठ, नेपाली कांग्रेसका दुई, नेकपा एमालेका दुई तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट एक–एक जना सदस्य रहनेछन् ।

समितिको कार्यादेश (टीओआर) र सदस्यहरूको नाम सोमबार नै घोषणा गर्ने तयारी छ । सोमबारको प्रतिनिधिसभा बैठक जारी छ ।

गत ११ भदौमा बसेको सर्वदलीय बैठकको निर्णयअनुसार संसदीय विशेष समिति गठन गरिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *