नेपाली काँग्रेस काठमाडाैं क्षेत्र नंं ९ को सभपतिमा मोहन बस्नेत, सचिवमा नविन महर्जन निर्वाचित

Thankot Times

थानकोट ।

नेपाली काँग्रेस (गगत थापा पक्षधर) को १५ औं महाधिवेशन अन्तर्गत शनिबार राति सम्पन्न काठमाडाैं क्षेत्र नं. ९ को महाधिवेशनबाट सभापतिमा मोहनकुमार बस्नेत निर्वाचित भएका छन् ।

तीन जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै बस्नेत क्षेत्रीय सभापति निर्वाचित भएका हुन् । उनले २४० मत प्राप्त गरे ।

सभापति पदका अन्य उमेदवारहरू अमिर खड्काले ३७, देवेन्द्र गिरीले ४०, र राजेन्द्रप्रसाद भट्टराईले १०० मत पाएका थिए ।

यस क्षेत्रको सभापति पदमा नविन महर्जन विजयी भए । उनी यसअघि चन्द्रागिरि नगरको सचिव थिए ।

महर्जनले २३५ मत पाउँदा माधव प्रसाद भुसालले १६४ मत पाए । सहसचिव पदमा रामकृष्ण भट्टराई निर्वाचित भए ।

सदस्यहरूमा गोविन्द भट्टराई, महेशप्रसाद गाैतम, सशिकर लामा निर्वाचित भएको निर्वाचित अधिकृत राधिका लामिछानेले जानकारी दिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ