सभामुख डीपी अर्याल तान्जानिया प्रस्थान

Thankot Times

थानकोट ।

सभामुख डोलप्रसाद (डिपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आइपियू)को १५३औँ महासभामा सहभागी हुन संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार तान्जानिया प्रस्थान गरेका छन्।

सभामुख अर्याल आइतबार साँझ कतार एयरवेजको उडानमार्फत तान्जानियातर्फ प्रस्थान गरेका हुन्।

उनको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा धर्मपत्नी अम्बिका केसी, प्रतिनिधिसभा सदस्य रविन महताे तथा राष्ट्रिय सभा सदस्यहरू झक्कुप्रसाद सुवेदी र अञ्जान शाक्य सहभागी छन्। प्रतिनिधिमण्डलमा प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डे, सचिव प्रकाश अधिकारी, सहसचिव रेखा उपाध्याय खनाल र सभामुखका निजी सचिव मधु मिजार पनि रहेका छन्।

तान्जानियाको अरुषा सहरमा अक्टोबर ५ देखि ९, २०२६ (१९ देखि २३ असोज २०८३) सम्म आइपियूको १५३औँ महासभा आयोजना हुँदै छ।

महासभामा विश्वभरका संसद्का प्रतिनिधिहरूको सहभागिता रहनेछ। कार्यक्रममा विभिन्न विषयगत स्थायी समितिका बैठक, गभर्निङ काउन्सिलको बैठक, महासभा तथा विभिन्न देशका प्रतिनिधिसँग द्विपक्षीय भेटवार्तालगायतका गतिविधि सञ्चालन हुनेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ