नेपाली कांग्रेसको सभापतिमा श्यामकृष्ण खड्गीको उमेदवारी
थानकोट ।
नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्गीले पार्टीको सभापति पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।
काठमाडौंको खुलामञ्चमा जारी पार्टीको १५औँ महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेको खड्गीले जानकारी दिए ।
खड्गी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधि छन् ।
उनी विगत ४० वर्षदेखि नेपाली कांग्रेसका सक्रिय नेता हुन् ।
रोचक त के छ भने कांग्रेसको सभापति प्रतिस्पर्धामा रहेका खड्गी र गगनकुमार थापा गुरुचेला हुन् ।
खड्गी गगनलाई सिद्धार्थ वनस्थली स्कुलमा शिक्षक हुँदा गगन विद्यार्थी थिए ।













