पिपुल्स पावरको आईपीओ बाँडफाँट

Thankot Times

थानकोट ।

पिपुल्स पावर लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयमा आईतबार शेयर बाँडफाँट गरिएको हो ।

कम्पनीको आईपीओमा आवेदन दिएका मध्ये ५ हजार ११२ जना आवेदकको आवेदन रद्द भएको छ । १५ लाख ५१ हजार ४१३ आवेदकले १ करोड ६९ लाख १० हजार ६२० कित्ताका लागि दिएको आवेदन मात्रै सदर भएको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि २२ लाख ९४ हजार ६ सय ८२ कित्ता सेयर निष्काशन गरेको थियो । आवेदन सदर भएका १५ लाख ५१ हजार ४१३ आवेदक मध्येबाट २ लाख २९ हजार ४६८ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले साउन ३१ गतेदेखि  भदौ ५ गतेसम्म सर्वसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *