महिला ह्यान्डबल ट्रफी खेल्न नेपाली टोली ढाका जाने

Thankot Times

थानकोट ।

बंगलादेशको ढाकामा आयोजना हुने आईएचएफ नेसन्स महिला ट्रफी जोन–२ मा नेपालले सहभागिता जनाउने भएको छ ।

१ देखि ५ कात्तिकसम्म हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत, माल्दिभ्स, यमन र अफगानिस्तानका टोली सहभागी हुनेछन् ।

अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघ (आईएचएफ) को आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र सदस्य मोनालिशा खम्बूलगायतले बिहीबार बिदाइ गरेका छन् ।

तस्बिरः राखेप


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ