आईएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली चीन जाँदै

Thankot Times

थानकोट ।

आईएसएफ फुटबल वर्ल्ड कपको २९ औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली आज शुक्रबार चीन जाँदैछ।

प्रतियोगिता भोलि असोज ३१ देखि कात्तिक ९ गतेसम्म हुनेछ ।

खेलाडीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजङ्ग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङबो, रिवाज गुरुङ, सगर्वबहादुर श्रेष्ठ, सम्योग राई, सुयास पौडेल, अंशुमन केसी, भविष्य शाह, सिभान्स भट्टराई, आकृष्ट महत, कृष्चल थापा, कृष्णा गुरुङ, कृयाश सापकोटा, तेन्जिङ शेर्पा, आइज्याक शाही र आर्गेन तुलाधर रहेका छन् ।

टोलीमा १६ देखि १८ वर्ष उमेर समूहका खेलाडी सहभागी छन् ।

टोलीमा विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की तथा अफिसियलमा आईएसएसएफका अध्यक्ष विनोद श्रेष्ठ, रामकृष्ण महर्जन, पशुपति अधिकारी, भुवनलाल श्रेष्ठ, सोविनराज रेग्मी र सुमिद भट्टराई छन् । प्रशिक्षकमा थमन भुसाल र सन्तोष न्यौपाने रहेका छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ