दसैँका लागि गाउँघर फर्कनेको लर्को, उपत्यकाबाट ५ लाख यात्री बाहिरिए
थानकोट ।
बडादसैँ मनाउन काठमाडौं उपत्यका छोड्ने यात्रुको संख्या ५ लाखनजिक पुगेको छ ।
घटस्थापनादेखि शनिबारसम्म सार्वजनिक यातायातमार्फत ४ लाख ९६ हजार ३२३ यात्रुले उपत्यका छोडेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार २५ असोजदेखि यात्रु बाहिरिने क्रम जारी छ । हिजोअस्तिको तुलनामा आज बाहिरिने यात्रीको संख्या घटेको छ । गोँगबुस्थित नयाँबसपार्क, माछापोखरी, कलंकी, बल्खु, कोटेश्वर र गौशालामा यात्रुको चाप छ ।
दसैँ मनाउन सर्वसाधारण फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाकाहुँदै उपत्यकाबाट बाहिरिएका छन् ।














