विश्वकप क्रिकेट लिग-२ को अन्तिम श्रृंखला खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्कियो
थानकोट ।
आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत ओमानमा भएको आफ्नो अन्तिम शृङ्खला खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।
नेपाली टोली हिजो बेलुका काठमाण्डौ आइपुगेको हो । टोलीलाई क्यानका तर्फबाट राजेश महर्जन, खेमराज अवस्थीलगायतले त्रिभुवन विमानस्थलमा स्वागत थिए ।
नेपालले ओमान र क्यानडासँग खेलेका ४ मध्ये ३ खेल जितेको थियो । ओमानलाई दुवै खेलमा हराउँदा क्यानडासँग एकमा जित र एकमा २४ रनको हार ब्यहोरेको थियो ।
यो शृङ्खलापछि नेपाल लिग–२ मा सबै ३६ खेल खेलेर ३० अंकका साथ छैटौं स्थानमा रहेको छ । छैटौं स्थानसम्म रहनु एकदिवसीय मान्यता जोगाउनुसरह भएकाले अर्थपूर्ण थियो ।
नेपाली क्रिकेट खेलाडीहरू अब दशैँको टीकापछि नेपाल प्रिमियर लिग (एनपीएल)को तयारीमा जुट्नेछन् । एनपीएल यही कात्तिक ९ गतेदेखि कीर्तिपुर मैदानमा शुरु हुँदैछ ।














