नेकपाले भोलिदेखि जागरण अभियान सुरु गर्ने
थानकोट ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भोलि (शनिबार) देखि राष्ट्रिय जागरण अभियन सञ्चालन गर्ने भएको छ ।
सरकारको कार्यशैली ठीक नभएको बताउँदै आएको नेकपाले सरकार बनेको केही महिनादेखि नै दसैँपछि आन्दोलनमा जाने बताएको थियो । उक्त घोषणालाई मूर्तरूप दिने गरी नेकपाले भोलिदेखि जागरण अभियान सञ्चालन गर्न लागेको हो ।
अभियानको भोलि पार्टी कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले उद्घाटन गर्ने नेकपाले जनाएको छ ।
उद्घाटन कार्यक्रम दिउँसो २ बजे राखिएको छ ।














