चन्द्रागिरि नगरको मेयरमा उमेदवारी दिने पनेरुको घोषणा
थानकोट ।
चन्द्रागिरि नगरपालिका-१३ पुरानो नैकापस्थित कंकाली माविका संस्थापक प्रधानाध्यापकसमेत रहेका विष्णु पनेरुले आसन्न स्थानीय तह निर्वाचनमा नगरको मेयर पदमा उमेदवारी दिने घोषणा गरेका छन् ।
शुक्रबार अपरान्ह सामाजिक सञ्जालमा एक सामाग्री साझा गर्दै पनेरुले चन्द्रागिरिबासीहरूको साथ र सहयोगको अपेक्षा गर्दै नगरप्रमुख पदमा उमेदवारी दिने बताएका हुन् ।
यद्यपी उनले कुनै राजनीतिक दल वा एकल उमेदवारी दिने भन्ने बारेमा खुलाएका छैनन् ।
४२ बर्ष ९ महिना कंकाली माविमा सेवा गरेका पनेरुले गत साउन ३१ गते अनिवार्य अवकाश पाए थिए ।
आमाबाबुको नाममा शिक्षासेवी विष्णु पनेरुले खडा गरे ३ लाख ५१ हजारको अक्षय कोष














