नेपाली काँग्रेसका सभापति थापाले आज समसामयिक विषयमा विशेष सम्बोधन गर्दै
थानकोट ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज समसामयिक विषयमा विशेष सम्बोधन गर्ने भएका छन् ।
नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति थापाले आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
सम्बोधन कार्यक्रममा उपस्थितिका लागि पार्टीले सम्बन्धित सबैलाई हार्दिक अनुरोध गरेको छ ।
कार्यवाहक मुख्य सचिव दुलालले जारी गरेको सूचनामा सम्बोधनको विषयवस्तुबारे विस्तृत जानकारी भने खुलाइएको छैन् ।











