थानकोट वृत्त प्रमुख डीएसपी केसी असोज महिनाको उत्कृष्ठ प्रहरी घोषित
थानकोट ।
प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक कुमार केसी २०८३ साल असोज महिनाको ‘उत्कृष्ट प्रहरी चुनिएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेले डिएसपी केसीलाई प्रशंसापत्रसहित सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।
नेपाल प्रहरी संगठनबाट प्राप्त जिम्मेवारी व्यावसायिक निष्ठा, कर्तव्यपरायणता तथा सांगठनिक नीतिअनुरूप कुशलतापूर्वक सम्पादन गर्दै शान्ति सुरक्षा कायम राख्न र प्रहरी कारबाहीलाई प्रभावकारी बनाउन वृत्त प्रमुखका रूपमा निर्वाह गरेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै उनलाई पुरस्कृत गरिएको परिसरले जनाएको छ ।
साथै, सर्वसाधारण नागरिकमा सुरक्षाको अनुभूति गराउँदै आम नागरिकमाझ नेपाल प्रहरी संगठनको गरिमा र प्रतिष्ठा अभिवृद्धिमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको जनाइएको छ।
उनी केसी गत जेठ पहिलो सातादेखि यहाँ वृत्त प्रमुखका रूपमा कार्यरत छन् ।











