नेपाल प्रिमियर लिग-२०२५: आज काठमान्डु र सुदूरपश्चिम, चितवन र जनकपुर बीच खेल हुने

Thankot Times

थानकोट ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदै छन् ।

आज काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स तथा चितवन राइनोज र जनकपुर बोल्ट्सबीच खेल हुन लागेको हो । काठमान्डु र सुदूपश्चिमको खेल मध्याह्न १२:३० बजे तथा चितवन र जनकपुरबीचको खेल बेलुकी ५ बजे हुनेछ ।

आज प्रतिस्पर्धा गर्न लागेका काठमान्डु र सुदूपश्चिम दुवै टोलीको लक्ष्य जित दर्ता गरेर अंक तालिकाको शीर्षस्थानमा पुग्ने छ । अंक तालिकामा ९ अंकसहित साविक विजेता लुम्बिनी पहिलो नम्बरमा रहँदा ८ अंकसहित काठमान्डु दोस्रो र समान ८ अंकसहित सुदूरपश्चिम तेस्रो नम्बरमा छन् ।

आजको खेल सुदूपश्चिमका लागि समूह चरणको अन्तिम हो भने काठमान्डुले थप एक खेल खेल्नेछ ।

समूह चरणका सुरुवाती खेलमा केही खराब प्रदर्शन गरे पनि काठमान्डु र सुदूरपश्चिम दुवैले उत्कृष्ट कमब्याक गरेका छन् । उपाधि दाबेदार यी दुई टोलीबीच आज कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

त्यस्तै, आजै हुने अर्को खेल चितवनका लागि अति महत्त्वपूर्ण छ । ५ अंकसहित पाँचौँ स्थानमा रहेको चितवनलाई आजको खेल जित्नुपर्ने दबाब छ । जनकपुरको भने प्लेअफ (अन्तिम चार) मा पुग्ने सम्भावना लगभग सकिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *