नेपाली बजारमा सुनको भाउ घट्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य घटेको छ ।

सुनको मूल्य प्रतितोला पाँच हजार ९ सय रुपैयाँले घट्दा चाँदीको मूल्य ११० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ८१० रुपैयाँ कायम भएको छ ।

हिजो बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ९ सय रुपैयाँ र चाँदी तीन हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *