सिन्दूरजात्राका अवसरमा आज चन्द्रागिरि वडा नं. ३ र ४ का वडा कार्यालय बन्द रहने

Thankot Times

थानकोट ।

काठमाडाैंको पश्चिमी क्षेत्र थानकोटमा प्रसिद्ध गणेश, महालक्ष्मी र भैरव जात्रा आज बुधबार हर्षोल्लासका साथ मनाइँदैछ ।

चन्द्रागिरि नगरपालिका ३ र ४ मा यी जात्रा भव्य रूपमा मनाउने परम्परागत शैली रहेको छ ।

थानकोटमा गणेश, महालक्ष्मी र भैरव जात्रा मनाउन यस क्षेत्रका दुवै वडा कार्यालय आज बन्द हुने जनाइएको छ ।

तीन दिने जात्राको मुख्य तथा अन्तिम दिन चन्द्रागिरि नगरपालिका वडा नं. ४ स्थित महालक्ष्मी मन्दिर परिसरमा सिन्दुर जात्रा मनाउने गरिन्छ ।

जात्रा सभ्य र व्यवस्थित रूपमा मनाउन दुवै कार्यालयले यसअघि नै सूचना जारी गरि वडाबासीहरूमा अनुरोध गरेका छन् ।

जात्रा अवलोकनका लागि हजाराैंको संख्यामा मानिसहरू सो स्थलमा जम्मा हुने गरेका छन् ।

‘थानकोटे जात्रा’ को नालीबेली


Leave a Reply

Your email address will not be published. Required fields are marked *