मोहनबहादुर बस्नेतद्वारा देउवा समूहको महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा

Thankot Times

थानकोट ।

नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहको महाधिवेशनमा नेता मोहनबहादुर बस्नेतले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले आफू लामो समयदेखि राजनीतिमा रहेको विभिन्न पदमा बसेर काम गरिसकेकाले अब महामन्त्रीका लागि प्रतिस्पर्धा गर्ने बताए।

देउवा समूहले यही मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा समानान्तर महाधिवेशन गर्दैछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *