दशौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

Thankot Times

थानकोट ।

कर्णाली प्रदेशमा संचालन हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने भएका छन् ।

यही मंसिर १६ गते बिहान १० बजे प्रतियोगिताको उद्घाटन हुने छ।

राष्ट्रिय खेलकुद परिषद्ले पहिलो पटक कर्णाली प्रदेशमा आयोजना गरेको प्रतियोगिताको औपचारिक समारोह हुनै बाँकी छ । आवासीय व्यवस्थापन तथा पूर्वाधार समस्या लगायतका कारण औपचारिक समारोहअघि नै विभिन्न १० विधाका खेलमा प्रतिस्पर्धा भइरहेको छ।

शनिवार वीरेन्द्रनगर सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री शाहले प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने बताए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहेताले प्रतियोगिता सफल पार्न सबै लाग्नु पर्ने भन्दै यसलाई कर्णाली प्रदेशले उत्सवका रूपमा लिनु पर्ने बताए।

सदस्यसचिव मेहेताका अनुसार औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेलहरू भने आठ मंसिर देखि नै संचालन भइसकेका छन् । प्रतियोगिता मंसिर २७ गतेसम्म संचालन हुने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ