‘मोबाइलमा आपतकालीन सन्देश आए नआत्तिनु होला, परीक्षण हुँदैछ’- गृह मन्त्रालय

Thankot Times

थानकोट ।
सरकारले आपत्कालीन अवस्थामा नागरिकलाई तत्काल सूचना पुर्‍याउने उद्देश्यले सञ्चालन गर्न लागेको सेल ब्रोडकास्ट प्रणालीको परीक्षण गर्ने भएको छ।

परीक्षणका क्रममा काठमाडौंमा २जी नेटवर्क प्रयोगकर्ताको मोबाइलमा आपत्कालीन सतर्कता सन्देश आउन सक्ने जनाइएको छ। मोबाइलमा ‘यो परीक्षण सन्देश हो’ भन्ने सूचना प्राप्त भएमा नआत्तिन र कुनै प्रतिक्रिया दिन आवश्यक नरहेको जानकारी दिइएको छ।

परीक्षण सन्देश प्राप्त हुँदा मोबाइलमा फरक किसिमको चेतावनी ध्वनि बज्न सक्नेछ। यो प्रणालीमार्फत विपद् वा आपत्कालीन अवस्था उत्पन्न हुँदा नागरिकलाई तत्काल सतर्क गराउने उद्देश्य राखिएको छ।

सरकारले परीक्षणका क्रममा मोबाइलमा सन्देश प्राप्त भए त्यसलाई वास्तविक आपत्कालीन सूचना नसम्झन आग्रह गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ