आईसीसी विश्वकप छनोट प्लेअफका लागि नेपालको १५ सदस्यीय टोली घोषणा
थानकोट ।
आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि नेपाल क्रिकेट संघ क्यानले १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ ।
डिसेम्बर ४ देखि २१ सम्म सञ्चालन हुने प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोली घोषणा गरिएको हो ।
टोलीमा कप्तान लामिछानेसहित आसिफ शेख, अर्जुन कुमाल, ईशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, राशिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, बासिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिषेक गौतम छन् ।










