बढ्याे डिजेलको भाउ
थानकोट ।
नेपाल आयल निगमले डिजेलको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरि डिजेलको मूल्य बढाएको हो।
निगमले डिजेलको मूल्य प्रति लिटर ६ रुपैयाँले बढाएको हो । यस सँगै डिजेलको प्रति लिटर १७८ रुपैयाँ पुगेको छ । मट्टीतेलको मूल्य पनि ६ रुपैयाँले बढेर प्रति लिटर १७८ रुपैयाँ पुगेको छ ।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएकै दिन निगमले मूल्य बढाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)ले आज १ तारिखमा पठाएको सूची अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको हो । नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ३९ पैसा र डिजल ६ रुपैयाँ १२ पैसा बढेर आएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिन्डर १ सय रुपैयाँ घटेर आएको छ ।
आईओसीले हरेक १५–१५ दिनमा आयल निगमलाई मूल्य सूची पठाउँछ । यस अघि भारतबाट ३ पटकसम्म मूल्य घटेर आएकोमा आयल निगमले घाटा नै रहेको भन्दै नेपालमा मूल्य घटाएको थिएन ।
निगमले पेट्रोल लगायत अन्य पेट्रोलियम पदार्थको भने मूल्य बढाएको छैन । हाल नेपालमा पेट्रोल प्रति लिटर १८१ रुपैया, र खान पकाउने ग्यास प्रति सिलिन्डर १८०० रुपैयाँमा बिक्रि भईरहेको छ ।












