सुनको मूल्यमा सामान्य वृद्धि

Thankot Times

थानकोट ।

नेपाली बजारमा लगातार ८ दिनको गिरावटपछि आइतबार सुनको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवासायी महासंघकाअनुसार आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले वृद्धि भएको छ ।

आज छापावाल सुनको मूल्य ९३ हजार ३००, तेजावी सुनको मूल्य ९२ हजार ८०० र चाँदीको मूल्य प्रतितोला १११० रुपैयाँ तोकिएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य ९३ हजार, तेजावी सनुको मूल्य ९२ हजार ५ सय र चाँदीको मूल्य एक हजार एक सय ५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *