सुन तोलाको ९३ हजार ७०० रूपैयाँ

Thankot Times

थानकोट ।

नेपाली बजारमा सोमबार सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत कारोबार दिनको तुलनामा सुन १०० रुपैयाँ बढेर कारोबार भइरहेको छ ।

गत कारोबार दिन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा सुनको कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँ बढेर कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला एक हजार ११५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *