बढ्यो सूनचाँदीको मूल्य
थानकोट ।
नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।
बुधबारको तुलनामा आज सुनको मूल्य ८ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
बुधबार ९३ हजार रुपैयाँ रहेको छापावाल सुन आज प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार ३सय रुपैयाँ कायम भएको छ ।
मंगलबार प्रतितोला ९२ हजार ५०० रुपैयाँ रहेको थियो । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर ११ सय ३५ रुपैयाँ कायम भएको छ ।












