महारानी एलिजावेथको निधनसँगै पाउण्डमा चार्ल्स तृतीयाको फोटो राखिने

Thankot Times

थानकोट ।

बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधनसँगै उनको फोटोसहित छापिएका अर्बौँ थान नोट प्रतिस्थापन हुने भएको छ । एलिजाबेथ द्वितीयको फोटोसहित छापिएका अर्बौँ थान बेलायती पाउण्ड उनकै छोरा चार्ल्सको फोटोले प्रतिस्थापन गर्ने भएका हुन् ।

विगत ७० वर्षदेखि बेलायती पाउण्डमा एलिजाबेथको फोटो छापिँदै आएको थियो । यद्यपि, यस अवधिमा महारानी एलिजाबेथको उमेरसँगै उनको फोटोहरू भने फेरिँदै आएको थियो । अब भने बेलायती नोट र सिक्काहरूमा एलिजाबेथको नभई उनकै छोरा चार्ल्सको फोटो छापिनेछन् ।

बैंक अफ इंग्ल्याण्डले सन् १९५३ देखि बेलायती पाउण्डमा एलिजाबेथको फोटो राख्न सुरु गरेको थियो । बेलायतले आफ्नो देशको मुद्रा रोयल मिन्ट नामक कम्पनीमार्फत छाप्दै आइरहेको छ । र, यो कम्पनीको अधिकांश स्वामित्व बैंक अफ इंग्ल्याण्डसँग छ ।

हाल बजारमा रहेका ४ करोड ७० लाख थान नोटहरू एलिजाबेथको निधनसँगै चार्ल्स तृतीयाको फोटोले प्रतिस्थापन गरिने भएको हो । बेलायतमा एलिजाबेथको फोटो अंकित ८२ बिलियन पाउण्ड बराबरका ४ करोड ७० लाख थान नोटहरू बजारमा छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *