राजनीतिक दलहरूको व्यस्त शनिबार

Thankot Times

थानकोट, चैत्र १२ ।

आसन्न स्थानीय निर्वाचन लक्षित कार्यक्रमका लागि राजनीतिक दलहरू घनिभूत तयारीमा लागेका छन् । चन्द्रागिरि नगरमा क्रियाशिल प्रमुख दलहरूले आ-आफ्नो संगठन विस्तारमा जोड दिन थालेका छन् । दिनमा मात्र हैन अबेर साँझमा समेत पार्टी प्रवेश एवं संगठन विस्तार गरिएका दृश्यले सामाजिक सञ्जाल रंगिन हुन देखिन थालेका छन् ।

शनिबार नेपाली काँग्रेसले चन्द्रागिरि ८ मा संघीय सासंद् एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजेन्द्र कुमार केसी, प्रदेश १० क का सांसद् पुकार महर्जन लगायतको उपस्थितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

त्यस्तै चन्द्रागिरि २, ४, ६, ७ तथा १२ का विभिन्न स्थानमा उसले पार्टी संगठन विस्तार गरेको छ । चन्द्रागिरि ७ मा क्षेत्र नं. १० का तरूण दललका अध्यक्ष ईश्वर लामाको उपस्थितिमा तरूण दल गठन गरेको छ ।

माओवादी केन्द्र पार्टीका केन्द्रिय सल्लाहकार क.मुकुन्द घिमिरेको उपस्थितिमा चन्द्रागिरि २ चिसापानीमा उक्त पार्टीको संगठन विस्तार गरिएको खबर छ ।

त्यस्तै नेकपा एमालेले चन्द्रागिर, ५, १२ तथा १३ लगायतका वडामा संगठन विस्तारको कार्य गरिएका दृश्यले उक्त पार्टीका स्थानीय कार्यकर्ताहरूको सामाजिक सञ्जाल रंगिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *