‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि काठमाण्डाैबाट चन्द्रागिरिस्थित कंकाली मावि छनोट

Thankot Times

थानकोट ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि १४० विद्यालय छनोट भएका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । केन्द्रले केही समयअघि पढ्दै कमाउँदै कार्यक्रमका लागि सूचना जारी गरेको थियो ।

विद्यालय सहयोग कार्यक्रममा सामुदायिक विद्यालयसँग प्रस्ताव माग गरिएकोमा निर्देशक समितिको ८ चैत २०७८ मा बसेको बैठकको निर्णयानुसार विद्यालयहरू छनोट गरिएको हो ।

छनोट भएका विद्यालयमा काठमाण्डाैका २ विद्यालय परेका छन् जसमा चन्द्रागिरि १३ स्थित कंकाली मावि मा कम्प्युटर इन्जिनियरिङ तथा बुढानिकण्ठस्थित बुढानिलकण्ठ स्कूल कृषि कार्यक्रमका लागि छनोट भएका हुन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *