इन्धनको मुल्यमा वृद्धि, पेट्रोल लिटरको १५० रूपैयाँ

Thankot Times

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ। निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको हो।

मुल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय ५०, डिजेल र मट्टीतेल एक सय ३३ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

यस्तै, निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको छ । अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनकाे मूल्य प्रतिकिलाेलिटर १ सय डलर बढेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने ‍‍‍हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

रुसले युक्रेनमाथि युद्ध सुरु गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेको छ । त्यसको असर नेपालमा पनि परेको हो । अन्तर्राष्ट्रय बजारमा कच्चा तेलको मूल्य बिहीबार प्रतिब्यारेल १ सय १७ डलरसम्म पुगेको थियो । त्यस्तै, डलरको बिनियम दर पनि बढेको छ । डलरको मूल्यले पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा असर पार्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *