अन्तरार्ष्ट्रिय ‘भर्चुअल टुर’मा चन्द्रागिरि साकोस

Thankot Times

थानकोट, फागुन २० ।

एशियाली ऋण महासंघ (अकु) का सदस्य राष्ट्रका प्रतिनिधि सम्मिलित कार्यक्रमलाई चन्द्रागिरि नगरपालिका-७ थानकोट चेकपोष्ट मुख्य कार्यालय भएको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले अभौतिक भ्रमण (भर्चुअल टुर) गराएको छ । शुक्रबार सम्पन्न भर्चुअल टूर एशियाली ऋण महासंघ तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन) ले आयोजना गरेको  थियो । एशियाली ऋण महासंघका सदस्य राष्ट्रहरू अष्ट्रेलिया, जापान, हङकङ, इन्डोनेशिया, फिलिपिन्स, थाईल्याण्ड लगायतका मुलुकका १ सय भन्दा बढी प्रतिनिधिहरुको उक्त कार्यक्रममा सहभागिता रहेको बताइएको छ ।

चन्द्रागिरि सहकारीका सदस्यहरुको विचार समेटिएको अन्तर्वार्ता, भिडियो तथा संस्थागत गतिविधि समेटिएको श्रव्यदृश्य सामाग्री भर्चुअल टूरमा समावेश गरिएको चन्द्रागिरि साकोसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।

कार्यक्रममा एशियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत एलिनता भि स्यानरोके, नेफ्स्कुनका अध्यक्ष परितोष पौड्याल, प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेल र चन्द्रागिरि साकोसका सञ्चालक समिति सदस्यहरू तथा प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले सहभागिता जनाउनुभएको बताइएको छ ।
भर्चुअल टूरको स्क्रिनसट । श्रोतः चन्द्रागिरि साकोसको फेसबुक

Leave a Reply

Your email address will not be published. Required fields are marked *