चन्द्रागिरिबासी सबैको स्वास्थ्य बीमा गरिने

Thankot Times

थानकोट, फागुन २४ ।

चन्द्रागिरि नगरमा स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने सम्पूर्ण नगरबासीको स्वास्थ्य बीमा गरिने भएको छ । शनिबार थानकोट प्राथमिक अस्पतालमा दक्ष प्रसुतिकर्मी तथा अन्य नर्सिङ स्टाफहरुको लागि ३ दिने अनसाइट कोचिङ मेन्टरिङ कार्यक्रमको समापनमा नगरप्रमुख घनश्याम गिरीले सो बताउनु भएको हो ।

थानकोट प्राथमिक अस्पताललाई कन्ट्याक्ट् पोइन्टको रूपमा तोकिएको र  चैत्र महिनादेखि दर्ता प्रक्रियाको गृहकार्य रहेको बताउनु हुँदै मेयर गिरीले आर्थिक अभावको कारणले नगरबासीले स्वास्थ्य परिक्षण र उपचार गर्नबाट बन्चित हुन नपर्ने धारणा राख्नुभयो ।  स्वास्थ्य बीमाको सुविधा नगरबासीले आ.व. ०७९ को सुरुबाट पाउने बताइएको छ ।

तस्बिरहरू नगरप्रमुखको सचिवालयबाट 


Leave a Reply

Your email address will not be published. Required fields are marked *