बैशाख १ गते गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान हुने

Thankot Times

थानकोट, चैत्र २७ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बैशाख १ गते परीक्षण उडान हुने भएको छ।

नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि परीक्षण उडान गर्नेछ ।

प्राधिकरणका एयर ट्राफिक कन्ट्रोलर र अन्य प्राविधिकहरूलाई अष्ट्रियाको भियना र एरो थाईका प्राविधिकहरूले परीक्षण उडानको लागि उपकरण सञ्चालन सम्बन्धी तालिम दिइसकेका छन्।

निगमको जहाजबाट परीक्षण उडान सकिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई नियमित उडानका लागि प्रस्ताव आह्वान गर्नेछ। यसअघि थाइल्याण्डको एरो थाई कम्पनीले फागुन ६ गतेदेखि १० दिनसम्म यान्त्रिक परीक्षण उडान गरेपछि झण्डै एक दर्जन विदेशी वायुसेवा कम्पनीहरूले उडानको लागि चासो देखाएका छन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने वायुसेवा कम्पनीलाई पहिलो ६ महिना ल्याण्डिङ र पार्किङ शुल्कमा शतप्रतिशत र दोस्रो ६ महिनामा ५० प्रतिशत छुट दिने योजना प्राधिकरणको छ सेतोपाटी अनलाइनमा खबर छ ।

७३ वर्षअघि २००६ सालदेखि सुरू गरिएको देशको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो बन्दै गएपछि त्यसको विकल्पको रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अगाडि बढाइएको थियो ।

२०७९ को सुरूआतसँगै सञ्चालन हुने विमानस्थलबाट सुरूमा दैनिक १० वटा र सन् २०३३ सम्म दैनिक ६० वटा अन्तर्राष्ट्रिय उडान भर्ने सरकारले लक्ष्य लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *