चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहको राजीनामा स्वीकृत

Thankot Times

थानकोट, चैत्र २९ ।

चन्द्रागिरि हिल्स लिमिटेडमा नयाँ महाप्रबन्धकमा सञ्जीव थापा नियुक्त भएका छन्।

व्यक्तिगत समस्या देखाउँदै महाप्रबन्धक अभिषेक विक्रम शाहले राजीनामा दिएपछि कम्पनीको सञ्चालक समितिको ३२औँ बैठकले थापालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

शाहले दिएको राजीनामा यही चैत ३० बाट लागू हुने र बैशाख १ बाट थापाले महाप्रबन्धकको जिम्मेवारी लिने कम्पनीले जनाएको छ।

📢  थानकोट टाइम्समा प्रकाशित कुनै सामग्री पुनः प्रेषित गर्न चाहनुहुनेले अनिवार्य रूपमा श्रोत खुलाउन हुन अनुरोध छ । साथै, थानकोट टाइम्समा प्रकाशित कुनै सामग्रीबारे गुनासो एवं जानकारी भए हामीलाई [email protected] मा इमेल गर्न हुन अनुरोध गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *