स्थानीय तह निर्वाचनः १२ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको चन्द्रागिरि १ मा कसले मार्ला बाजी ?

Thankot Times

थानकोट ।

मुलुक संघीय  स्वरूपमा रूपान्तरित भएपछि हुन गइरहेको स्थानीय तहको दोश्रो निर्वाचनको मतदान मिति नजिकिँदो छ । दलहरू गठबन्धन बनाइ तथा स्वतन्त्र रूपमा मतदाता समक्ष भोट माग्न दिनरात खटिइरहेका छन् । केही स्थानीय तहमा स्वतन्त्र एवं बागी उम्मेदवारहरूको चर्चा चुलिँदै गएको छ ।

चन्द्रागिरि नगरपालिकामा स्थानीय निर्वाचनका लागि सत्ता घटक पाँच दलले गठबन्धन गरी मतदातासमक्ष जाने निर्णय गरेका भएपनि नेकपा एकीकृत समाजवादीले मेयर तथा उपमेयरमा एकल लड्ने निर्णय गरेको छ भने जसपा नेपाल पनि एक्लै तयारी गरिरहेको छ । नेकपा माओवादी केन्द्रले नगरप्रमुख तथा उपप्रमुख दुवैको नाम फिर्ता लिएको थियो भने प्रधानमन्त्री शेर बहादुर देउवाको निर्देशनमा काँग्रेसका उपप्रमुख पदकी उम्मेदवारको पनि नाम फिर्ता लगिएपछि चन्द्रागिरि नगरमा निर्वाचनले नयाँ मोड लिएको छ । सरसर्ती हेर्दा चन्द्रागिरि नगरको मेयर पदका लागि नेपाली काँग्रेस र नेकपा एमाले मध्ये एक पार्टीले बाजी मार्ने देखिएको छ ।

वडागत रूपमा चन्द्रागिरिका केही वडामा राजनीनितक दलहरूले तालमेल गरेका छन् । केही वडामा वडाध्यक्ष तथा एक सदस्यमा एक दलका उम्मेदवार छन् भने बाँकि ३ सदस्य पदमा अर्को दलले उम्मेदवारी दिएका छन् ।

समग्रमा यसपटक पनि चन्द्रागिरि नगरमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र तथा अन्य साना दलबीच प्रतिस्पर्धा हुनेछ ।

३ हजार ३ सय ९ जना मतदाता रहेको चन्द्रागिरि १ दहचोकमा यसपटक स्वतन्त्र र दलका गरी १२ जनाले वडाध्यक्ष पदमा दाबी पेश गरेका छन् । निवर्तमान वडाध्यक्ष राजेन्द्र के.सीले यसपटक पनि दोहोरिने इच्छा देखाउँदा मुख्य रूपमा उनको चुनावी भिडन्त नेपाली काँग्रेसका हरिश्याम रानामगरसँग हुने निश्चित छ । यद्यपी अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरूले पनि आ-आफ्नो पल्ला भारी हुँदै गएको दाबी गरिरहेका

छन् । स्थानीय तह निर्वाचन २०७९ मा चन्द्रागिरि नगरपालिका १ दहचोकको वडाध्यक्ष बन्न उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरू यसप्रकार छन्ः


Leave a Reply

Your email address will not be published. Required fields are marked *