स्थानीय तह निर्वाचनः दोश्रो भरतपुर बन्नबाट जोगिएको चन्द्रागिरि २ मा कसले मार्ला बाजी ?

Thankot Times

थानकोट ।

मुलुक संघीय  स्वरूपमा रूपान्तरित भएपछि हुन गइरहेको स्थानीय तहको दोश्रो निर्वाचनको मतदान मिति नजिकिँदो छ । दलहरू गठबन्धन बनाइ तथा स्वतन्त्र रूपमा मतदाता समक्ष भोट माग्न दिनरात खटिइरहेका छन् । केही स्थानीय तहमा स्वतन्त्र एवं बागी उम्मेदवारहरूको चर्चा चुलिँदै गएको छ ।

चन्द्रागिरि नगरपालिकामा स्थानीय निर्वाचनका लागि सत्ता घटक पाँच दलले गठबन्धन गरी मतदातासमक्ष जाने निर्णय गरेका भएपनि नेकपा एकीकृत समाजवादीले मेयर तथा उपमेयरमा एकल लड्ने निर्णय गरेको छ भने जसपा नेपाल पनि एक्लै तयारी गरिरहेको छ । नेकपा माओवादी केन्द्रले नगरप्रमुख तथा उपप्रमुख दुवैको नाम फिर्ता लिएको थियो भने प्रधानमन्त्री शेर बहादुर देउवाको निर्देशनमा काँग्रेसका उपप्रमुख पदकी उम्मेदवारको पनि नाम फिर्ता लगिएपछि चन्द्रागिरि नगरमा निर्वाचनको माहोलले नयाँ मोड लिएको छ ।

वडागत रूपमा चन्द्रागिरिका केही वडामा गठबन्धन घटक राजनीनितक दलहरूले तालमेल गरेका छन् । नेकपा एमालेले मात्रै चन्द्रागिरिका सबै १५ वडामा वडाध्यक्ष पदमा उम्मेदवारी दिएको छ  ।

गत स्थानीय तह निर्वाचनमा काठमाण्डाैमा नेकपा माओवादी केन्द्रको साख जोगाएको चन्द्रागिरि वडा नं. २ वाडभज्याङको वडाध्यक्षमा यसपटक कसले बाजी मार्ला यो चासो विषय बनेको छ । मुख्य रूपमा  नेपाली काँग्रेसका अर्जुन बहादुर तामाङ र गत महिना नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका मधुकर बस्नेतबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपी अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरूले पनि आ-आफ्नो पल्ला भारी हुँदै गएको दाबी गरिरहेका छन् ।

२ हजार ६ सय ७६ जना मतदाता रहेको चन्द्रागिरि २ वाडभञ्ज्याङमा यसपटक स्वतन्त्र र दलका गरी ५ जनाले वडाध्यक्ष पदमा दाबी पेश गरेका छन् । स्थानीय तह निर्वाचन २०७९ मा चन्द्रागिरि नगरपालिका २ वाडभञ्ज्याङको वडाध्यक्ष बन्न उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरू यसप्रकार छन्ः

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *